विराटनगरका पुर्व उप मेयर भुराज राई मेयरमा उठ्ने दावी

<span class='c1'>विराटनगरका पुर्व उप मेयर भुराज</span> <span class='c2'>राई मेयरमा उठ्ने दावी</span>

विराटनगर । आगामी बैसाख ३० गते हुन गहिरहेको स्थानिय तहको निर्वाचनमा विराटनगर महानगरपालीकाको मेयर पदको लागी भुराज राईले उम्मेदवारी दिने बताएका छन् ।
जनता समाज पाटीका केन्द्रिय सदस्य तथा तत्कालिन विराटनगर उप महानगरपालीकाका उप मेयर बनेका भुराज राईले आगामी ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागी मेयर पदको लागी उम्मेदवारी दिने बताएका हुन् ।
वि.स २०३५ सालदेखी विद्यार्थी जिवनबाट नै राजनितीक क्षेत्रमा होमिएका राई महेन्द्र मोरङ क्यम्पस स्ववियु सभापती त्यसैगरी स्नाकोत्तर सभापती भईसकेका राईले तत्कालिन नेकपा एमाले असोक राईको पाटीसंग आवद्ध थिए । पछि पाटी विभाजित भएपछि असोक राईसँगैको पाटी जनता समाजवादीमा रहदै आएका छन् ।
मेयर पदको लागी पाटीले टिकट देला त भन्ने विषयमा उनले भने, पाटीले मेरो मुल्याङकन गरेर नै टिकट दिन्छ भन्ने कुरा अहिले चलिरहेको छ । विगतका मेरा काम र पाटीले दिएको जिम्मेवारीलाई पनि मैले तन मनबाट लागी परेकाले टिकटको पुर्ण रुपमा आफुलाई नै दिने विस्वस्त पारे ।
आफ्नो पालामा विराटनगरको विकासको लागी गुरु योजना बनाएर दिर्घकालिन काम गरेको समेत बताए । तत्कालिन विराटनगरको सडक विस्तार , फोहोर व्यावस्थन र ढल निकासको लागी ठुलो काम भएको समेत बताए । अबको मेयर पदको लागी उठ्नको लागी विराटनगर महानगरपालीकामा शिक्षा, स्वास्थ्य , खानेपानीलाई विशेष प्राथमितकतामा राखेर काम गर्ने बताए ।

प्रदेश १को एक मात्र महानगरपालिका विराटनगर महानगरपालिमा चुनावी सरगर्मी बढ्दै गईरहेको बेला अहिलेका मेयर भीम पराजुली, नागेश कोईराला, अमृत कोईराला , विनोद ढकाल, जिवन घिमिरे, जय राम यादव लगायतको चर्चा चलिहरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्