काठमाडौं । काठमाडौं महानगरपालिका वडा १६ माछापोखरीबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-८ मगरटोल बस्ने ३२ वर्षीय सुरेश थापा मगर र काठमाडौं तारकेश्वर नगरपालिका वडा ५ लोलाङ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-४ घर भएका १९ वर्षीय दिल बहादुर तामाङ रहेका छन् । उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका वडा ६ स्थित अभिषेक ट्रेडर्स कवाड संकलन केन्द्रबाट करिब २ केजी ८ सय ९० ग्राम अवैध लागूऔषध चरेश सहित सोही केन्द्रका संचालक भारत मोतिहारी ग्राम खैरी-३ बिहार घर भएका ४२ वर्षीय राधेश्याम जैसवाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त केन्द्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले केन्द्र तलासी गर्दा उक्त परिमाणको चरेश फेला पारी उनलाई पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो: साङ्केतिक