विराटनगरका औषधी व्यावसायी हरिमोहनले गरे ९२ औं पटक रक्तदान

<span class='c1'>विराटनगरका औषधी व्यावसायी हरिमोहनले गरे</span> <span class='c2'>९२ औं पटक रक्तदान</span>

विराटनगर । विराटनगर ट्राफिकचोकका एक औषधि व्यवसायी हरिमोहन श्रेष्ठले ३४.७ लिटर रगत दिएका छन् । तर एकै पटकमा होइन ९२ पटकमा । उनले ९२ औं पटक रक्तदान गरेका छन् । उनले २५ पटक ४५० मिलिलिटर र ६७ पटक ३५० मिलिलिटर (एमएल) का दरले रगत दिएका हुन् ।

गोल्डेन अस्पताल विराटनगरमा उपचाररत सिराहा नगरपालिका –१२ की १७ वर्षीया शारदादेवी शर्मालाई प्रसूतिपछि भएको रक्तश्रावका कारण ताजा रगत आवश्यक भएपछि श्रेष्ठले रक्तदान गरेका हुन् । श्रेष्ठले २०७८ सालमा नै चार पटक रक्तदान गरिसकेका छन् – बैशाख १९, भदौ ७, मंसिर १० र फागुन १९ गते ।
सिरहा नगरपालिका–११ स्थित स्वास्थ्य चौकीमा शर्माले बुधबार सकुशल छोरा जन्माएकी थिइन् । तर उनलाई रक्तश्राव भएपछि स्वास्थ्य चौकीले आफूले रक्तश्राव रोक्न नसक्ने भन्दै विराटनगरमा उपचारको सुझाएको थियो । सोही क्रममा गोल्डेन अस्पतालमा शर्मालाई भर्ना गरी रगत चढाउने क्रममा श्रेष्ठले मिल्ने रगत दिएको सुरेशकुमार ठाकुरले बताए । ठाकुर विरामी शारदा शर्माकी ससुरा हुन् ।


श्रेष्ठले तीन–तीन महिनामा रगतको आवश्यक परेका विरामीलाई दिउसो राति केही नभनी रगत दिंदै आएका छन् । विराटनर ट्राफिक चोकमा सौगात मेडिको नाममको औषधि पसल सञ्चालन गर्दै आएका श्रेष्ठ औषधि व्यवसायी संघ कोशीका पूर्व महासचिव पनि हुन् ।
उनलाई एक सय पटक रगत दिने रहर छ । विराटनगरमा १०० पटक भन्दा बढी रगत दिनेमा डा. केएन ठाकुरको कीर्तिमान छ । तर ठाकुरले अहिले वृद्धावस्थाका कारुण दिन छाडेका छन् । विराटनगरका अर्का रक्तदाता घनश्याम राठीले ६२ पटक रगत दिएका छन् । यस्तै नेपालमा प्रेमसागर कर्मचार्य (काठमाडौं) १६८ पटक र बढी पटक रक्तदान गर्ने नेपालीमा अर्जुन मैनाली छन् । हाल अमेरिकामा रहेका मैनालीले २०३ पटक रक्तदान गरिसकेका छन् । यस अवधिमा उनले दिएको रगत ६ सय जनाको जीवन रक्षाका लागि उपयोग भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्