नेकपा एमाले मोरङले रंगेलीमा विशाल जनसभा आयोजना गर्ने

<span class='c1'>नेकपा एमाले मोरङले रंगेलीमा</span> <span class='c2'>विशाल जनसभा आयोजना गर्ने</span>

विराटनगर । नेकपा एमाले मोरङले फागुन २५ गते बुधबार मोरङको रंगेलीमा हुलाकीराजमार्ग केन्द्रीत जनसभा आयोजना गर्ने भएको छ । तराई–मधेश केन्द्रीय ‘बृहत जनसभा’ नाम दिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सभा गर्ने भएको हो ।

एमाले मोरङको दोस्रो पूर्ण बैठकले रंगेलीको सभालाई विशाल र भव्य बनाउन जिल्ला पार्टी अध्यक्ष ऋषिकेश पोखरेलको संयोजकत्वमा १७ स्थानीय तहका पार्टी पदाधिकारी सम्मिलित मूल आयोजक समिति गठन गरेको छ । बैठकका निर्णय र जनसभाबारे जानकारी दिन सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पोखरेलले जनता क्याम्पसको प्राङगणमा ११ बजेदेखि सभा सुरु हुने जानकारी दिनुभयो ।

सभामा विभिन्न पार्टी छोडेर पाँच हजार कार्यकर्ता एमालेमा प्रवेश गर्ने जनाइएको छ । एमालेको कमजोर मानिएको दक्षिणवर्ती क्षेत्रमा बलियो आधार तयार गर्न एमालेले यो सभा आयोजना गर्न लागेको हा । एमालेले निर्वाचित लक्षित तीन महिने जागरण अभियान सञ्चालन गर्दै आएको छ ।
अध्यक्ष पोखरेलले जागरण अभियान अन्तर्गत मोरङका १७ पालिकाका १५९ वडामा टोल कमिटि गठनको काम धमाधम भईरहेको दावी गर्नुभयो । एमालेले निर्वाचनमा शतप्रतिशत जीत निकाल्न भन्दै दुईहजार ३८५ टोल कमिटि जिल्लाभरमा गठन गर्ने लक्ष्य लिइएको छ । अध्यक्ष पोखरेलले हालसम्म १ हजार ४३१ टोल कमिटि गठन भईसकेको पत्रकार सम्मेलनमा जाानकारी दिनुभयो ।

उहाँले निर्वाचित लक्षित कार्यक्रम अनुसार ‘म मेरो वडा आफैं जिताउँछु’ कार्यक्रममा आधारित जिम्मेवारी तोकिएको बताउनुभयो । जस अनुसार पार्टी केन्द्रीय सदस्यलाई संघीय निर्वाचन क्षेत्र, प्रदेश कमिटि सदस्यलाई प्रदेश निर्वाचन क्षेत्र र जिल्ला सदस्यलाई वडामा केन्द्रीत गरिएको छ । नेकपा एमाले मोरङमा अहिले ३५ हजार पार्टी सदस्य रहेका छन् । पार्टी विभाजनपछि एमालेप्रति उभार अझै बढ्दै गएको अध्यक्ष पोरखेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्