झापा र मोरङ इक्युवालिटि कप महिला क्रिकेटको उपाधिका लागि खेल्ने

<span class='c1'>झापा र मोरङ इक्युवालिटि कप</span> <span class='c2'>महिला क्रिकेटको उपाधिका लागि खेल्ने</span>

विराटनगर । झापा र मोरङ विराटनगरमा जारी प्रथम “इक्युवालिटि कप महिला क्रिकेट २०२२” प्रतियोगिताको उपाधिका नजिक पुगेका छन् ।

नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको समन्वयमा वैजनाथपुर क्रिकेट मैदानमा आज भएको खेलमा झापा र मोरङ विजयी भई उपाधि नजिक पुगेका हुन् । झापा यस अघि नै फानलमा पुगेको थियो भने मोरङले सुनसरीले पराजित गरे पछि फाइनलमा पुगेको हो ।

पहिलो खेलमा झापाले मदेश प्रदेशको सप्तरीलाई २ सय ३३ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ ।

झापाकी नेपाली राष्ट्रिय टोलीकी विकेट किपर काजल श्रेष्ठको सतकमा टस जितेर पहिलो ब्याटिङ गरेको झापाले निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई २ सय ६० रनको विशाल स्कोर बनाएको थियो । काजलले १ सय २ रनको अविजित पारी खेलिन् । उनले ६४ बलमा १७ चौका प्रहार गरिन् । काजलबाहेक अपसरी वेगमले अर्ध सतक प्रहार गर्दै ५० रनमा आउट भइन । त्यस्तै निमा तामाङले ३६ रनको योगदान दिइन् । झापाका २ विकेट रन आउटमा भएको थियो ।

२ सय ६१ रनको विशाल लक्ष्य पछ्याएको सप्तरीले १९ दशमलव २ बलमा सवै विकेटको क्षति २७ रनमा सिमित भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो अंकमा छुन सकेनन् । झापाकी एलीसा खडियाले ४ ओभर बलिङ गर्दै विना रन ४ मेडन राख्दै ३ विकेट लिइन् । खेलको वुमेन अफ म्याच झपाकी सतक प्रहार गर्ने काजल घोषित भइन् ।

दोस्रो खेलमा मोरङले सुनसरीलाई १ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । १ सय २८ रनको लक्ष्य पछ्याएको मोरङले १८ दशमलव ३ बलमा १ विकेट क्षति सो विजयी लक्ष्या पार गरेको थियो । मोरङकी सानु राजवंशीले अविजित ४५ रन बनाउँदा नविता राजवंशीले पनि अविजित १८ रन बनाई । त्यस्तै सृजना राजवंशी २४ रनमा आउट भइन् । सुनसरीकी प्रिया मलाहाले १ विकेट लिइन् ।

यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय २७ रनकोे स्कोर बनाएको थियो । सुनसरीकी भावना काम्तीले ४० रन बनाउँदा सलिना तामाङले २६ रन बनाइन् । मोरङकी कप्तान अन्सु जैसवालले ३ विकेट लिँदा टिका साहले २ विकेट लिइन् । खेलको वुमेन अफ म्याच मोरङकी सानु राजवंशी घोषित भइन् । फाइनल खेल बुधबार हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्