नारी दिवसको दिन न्यूरो हस्पिटलद्धारा विविध कार्यक्रम, ५ महिला सम्मानित

<span class='c1'>नारी दिवसको दिन न्यूरो हस्पिटलद्धारा</span> <span class='c2'>विविध कार्यक्रम, ५ महिला सम्मानित</span>

विराटनगर । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर विराटनगरमा रहेको न्यूरो हस्पिटलले विविध कार्यक्रम गरी मनाएको छ ।  न्यूरो हस्पिटल जाने बाटोमा रहेको ‘सिटी गार्डेन एन्ड पार्टी प्यालेस’ मा न्यूरोले लियो क्बल अफ विराटनगर महानगर तथा लायन्स क्लब अफ विराटनगर शुभम सँगको सहकार्यमा नारी दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

समाजमा योगदान पु¥याउनुको साथै पुर्वाग्रह तोडनुहोसको भावना अनुरुप समाजमा व्याप्त महिला प्रतिको पुर्वाग्राहलाई काम गर्ने उदाहरणीय पाँच जना महिलाहरुलाई सम्मान गरेको छ ।  सम्मानित हुनेहरुमा सुनसरीको इटहरीस्थित माया घरकी राधिका दासी, विराटनगरकी अन्तर्राष्टिय महिला क्रिकेट अम्बिका बुढोथकी र लक्ष्मी चौलागाइ, नर्सिङ सेवामा लामो समयदेखि कार्यरत मेनुका भण्डारी, एक खुट्टाले नृत्य गर्ने निलम ढुंङगनालाई सम्मान गरेको छ ।
सम्मानित भएका महिलाहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सम्मान गरेका थिए ।

सोही अवसरमा मंगलबार विहान सचेतना मुलक ¥याली पनि निकालिएको थियो । ¥यालीमा अस्पतालका महिला कर्मचारीहरु, विद्यार्थी, विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता गाराई विविध कार्यक्रम गरी मनाएको अस्पतालका अप्रेशनल डारेन्टर राजेश भटराईले जानकारी दिनुभयो , ।

कार्यक्रममा प्रदेश सांसद बिन्धिया कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी अरुणकुमार बिसी, न्यूरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेद्र कुमार विष्ट, प्रसूती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री श्रेष्ठ, लयान्स क्लब अफ विराटनगर सुभमको अध्यक्ष बीनिता कार्की लगायत विभिन्न संघ सस्थाका महिलाकर्मी र स्कुल तथा कलेजका छात्राहरुको सहभागीता रहेको
थियो ।


यसैविच नारी दिवसको अवसर पारेर अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म छुट पनि दिएको छ । १७ फागुनदेखि चैत १७ गतेसम्म अस्पतालको विभिन्न सेवाहरुमा एक महिनासम्म दिएको न्युरो अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्