बिराटनगर जेसिजले ५० औ बर्षमा प्रवेश गरेको अवसरमा स्वर्ण जयन्तीका कार्यक्रमहरु रक्तदान आयोजना गरि सुरु गरेको छ ।
उक्त रक्तदान कार्यक्रम मंगलबार बिहान भाटभटेनीको प्राङ्गणमा आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ५० बर्ष पुगेको उपलक्ष्यमा ५० पिन्ट नै रक्तदान गरिएको थियो । रक्तदान गरेर कार्यक्रम सुरु गर्नुको कारण बारे प्रष्ट पार्दै अध्यक्ष देवचन्द्र घिमिरेले बिगतमा रक्तदान कार्यक्रम सुरु गर्ने अग्रणी सस्थाका रुपमा जेसिजले समाजमा पहिचान बनाएका कारण सोही पहिचान लाई कायम राख्नका निम्ति कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
रक्तदान कार्यक्रमका कार्यक्रम सयोजक रन्जन कुमार शाहीले जेसिज नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सस्था भए पनि परि आएको खण्डमा समाजमा योगदान दिन पछि नपर्ने हुदा कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रमबारे प्रकाश पार्दै कार्यकारिणी उपाध्यक्ष कबिराज दाहालले रगत अभाव कम गर्न सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रम गरिएको जानकारी दिनु भयो ।
विराटनगर जेसिजले स्वर्ण जयन्ती महोत्सव मार्च ७ देखि सुरु भएर र्ष भरी नै विभिन्न कार्यक्रम आयोजना गरि मनाउने भएको छ ।