विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा ४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर वडा ३ बस्ने ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् । मंगलबार बिहान करिब ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपभेनले बाटोमा हिडीरहेका पोखरेललाई ठक्कर दिदा घाईते भएका पोखरेलको आर्या अस्पताल कंचनबारीमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटना बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।