अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

<span class='c1'>अवैध लागूऔषध सहित</span> <span class='c2'>पक्राउ तथा बरामद</span>

धादिङ । गजुरी गाउँपालिका वडा २ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका वडा ३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका वडा १ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट फुर्केखोलाबाट खटिएको प्रहरीले जाँच गर्दा जेब्रा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

पर्सा, पटेर्वासुगौली गाउँपालिका वडा ३ स्थित सडकबाट करिब २५ किलोग्राम अवैध लागूऔषध गाँजा बुधबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त लागूऔषध २ जना अपरिचित ब्यक्तिहरुले भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीलाई देख्नासाथ सोही स्थानमा छोडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो । हाल फरार रहेका व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्