झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जना पक्राउ

<span class='c1'>झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित</span> <span class='c2'>औषधी सहित ५ जना पक्राउ</span>

विराटनगर । झापाको छुट्टाछुट्टै २ स्थानबाट निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार दिउसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका वडा ५ नयाँ बजार स्थितमा चेकजाँचको क्रममा बारा निजगढ नगरपालिका वडा ९ बस्ने २६ बर्षीय प्रकाश खुलाल र बझाङ सुर्मा गाउँपालिका वडा ३ बस्ने २२ बर्षीय संजिव बोहरालाई नाईट्राजेपाम- ४५० ट्याबलेट र ट्रामाडोल १६ क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी अर्जुनधारा नगरपालिका वडा ११ स्थितमा अस्थायी प्रहरी बिट नयाँ बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी चेकिङ टोलीले प्रदेश १-०१-००२ ह १०१ नम्बरको अटो ट्याम्पोलाई चेकजाँच गर्ने क्रममा अटो चालकको सिट मुनि लुकाइ छिपाइ राखेको लुपिजेसिक-२०० एम्पुल, एबट-२०० एम्पुल, डाईजेपाम-२०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट बरामद भए सगै अटोचालक भद्रपुर वडा १ बस्ने २३ बर्षीय सुमन मिश्र, अटोमा सवार सोही स्थानका २७ बर्षीय युगल खत्री र २४ बर्षीय शंकर लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ५ जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्