काँग्रेसले महंगी बढाउन बाहेक केहि गर्न सक्दैन : अध्यक्ष ओली

<span class='c1'>काँग्रेसले महंगी बढाउन बाहेक केहि</span> <span class='c2'>गर्न सक्दैन : अध्यक्ष ओली</span>

विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले जनतालाई देखाउने गरी कुनै काम गर्न नसक्ने बताउनु भएको छ । एमाले मोरङले रंगेलीमा बुधबार आयोजना गरेको तराई मधेश केन्द्रित जनसभामा अध्यक्ष ओलीले कांग्रेसले नेतृत्व गरेको समयमा सरकारले महंगी बढाउन बाहेक कुनै काम गर्न नसकेको आरोप लगाउनु भएको हो।

कांग्रेसको पात मात्रै हैन, रूख नै सुकेको अध्यक्ष ओलीले दावी छ । निर्वाचन आयोगले मतपत्र हरियो रङमा छाप्ने निर्णयको विरोध गर्दै कांग्रेसतिर आयोग झुकेको टिप्पणी गर्नुभयो । एमालेलाई अहिले हाइसन्चो भएको बताउँदै अध्यक्ष ओलीले चोइटिए पनि कुनै असर नभएको दावी गर्नुभयो । पिलो निचोरिएको जस्तो भएको छ, अध्यक्ष ओलीले नेपाल समूहतर्फ संकेत गर्दै भन्नुभयो–एमालेमा झन् आकर्षण बढ्दै गएको छ।

अध्यक्ष ओलीले माओवादी पार्टी नभएर अन्योलको पोको भएको टिप्पणी गर्नुभयो । माओवादी पार्टी नै नभएकाले नअल्मलिई एमालेमा आउन ओलीको आग्रह थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्