मोरङको केरावारीबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ

<span class='c1'>मोरङको केरावारीबाट लागुऔषध गाँजा</span> <span class='c2'>सहित १ जना पक्राउ</span>

विराटनगर । मोरङको केरावारी गाँउपालिका वडा ७ मुगुटोलबाट ठुलो परिणामको लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो करिब ४ बजेको समयमा केरावारीको भित्री सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ३८६१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको जेब्रा झोलामा बाधेर राखेको अवस्थामा ६५ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसंगै उक्त मोटरसाईकल चालक सहिदभुमी गाँउपालिका-१ बस्ने ३१ बर्षीय दिपेश राईलाई समेत नियन्त्रणमा लिई घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी बेलवारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्