धरणीधर प्रतिष्ठानद्वारा तीन साहित्यकार पुरस्कृत

<span class='c1'>धरणीधर प्रतिष्ठानद्वारा तीन</span> <span class='c2'>साहित्यकार पुरस्कृत</span>

विराटनगर । विराटनगर–११ स्थित धरणीधर पुरस्कार प्रतिष्ठानले साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउने तीनजना स्रष्टालाई सम्मान गरेको छ । जनजागृतिका कवि धरणीधर कोइरालाको १३० औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले १५ हजार राशिको ‘धरणीधर स्मृति साहित्य पुरस्कार’ बाट अग्रज कवि प्रल्हाद पोखरेललाई सम्मान गरेको छ ।

पूर्वप्रशासकसमेत रहनु भएका पोखरेललाई चार दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर स्वरुप पुरस्कृत गरेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै अग्रज गजलकार मधु पोखरेल र कवि हरि कट्टेललाई धरणी साहित्य सम्मान प्रदान गरिएको थियो । उहाँहरु तीनै जनालाई मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइराला, वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

सोही अवसरमा प्रतिष्ठानले प्रकाशित गरेको कवि कृष्णराज कोइरालाद्वारा लिखित ‘दुम्जा भोज’ महाकाव्यको विमोचन गरिएको थियो । विमोचित महाकाव्यका विषयमा साहित्यकार उमानाथ घिमिरे ‘सागर’ले समीक्षा गर्नुभयो । प्रतिष्ठानले धरणी जयन्तीको सन्दर्भ पारेर हरेक वर्ष साहित्यकारलाई पुरस्कृत र सम्मानित गर्दै आएको उपाध्यक्ष भूषण ढुंगेलले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएकमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्राज्ञ दधिराज सुवेदी, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, साहित्यकार रामबाबु दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदित, आयोजक संस्थाका महासचिव शिवप्रसाद कोइराला, सचिव खगेन्द्र संग्रौलालगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्