दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

<span class='c1'>दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै</span> <span class='c2'>सबैभन्दा धेरै सङ्क्रमित</span>

दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या ६२ लाख छ हजार २७७ पुगेको छ । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरस फैलिएकाले सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक देखिएको बताइएको छ । नयाँ सङ्क्रमित मध्ये ८० हजार ४३७ जना राजधानी सोलका मात्रै रहेका छन् ।

त्यसैगरी ग्योङगी प्रान्तम एक लाख सात हजार ९४१ र इन्चेओनमा २३ जहरा ७३५ जना सङ्क्रमित भएका छन् । कुल सङ्क्रमितमध्ये एक हजार ६६ जना मात्रै गम्भीर अवस्थामा रहेका छन् । तीमध्ये ५० जना पछिल्लो एक दिनमा थपिएका हुन ।

कोरोनाकै कारण दक्षिण कोरियामा पछिल्लो एक दिनमा २६९ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको सङ्ख्या भने १० हजार १४४ पुगेको अधिकारीहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्