एमसीसीको विषय पार्टी भित्रै बहस छ : प्रचण्ड

<span class='c1'>एमसीसीको विषय पार्टी भित्रै</span> <span class='c2'>बहस छ : प्रचण्ड</span>

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश १ ले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा जाने बताउनु भएको हो । यदि त्यस्तो नभए पार्टी आन्दोलनमा जानसक्ने प्रचण्डको संकेत थियो ।
एमसीसीबारे पार्टीभित्र छलफल भईरहेको बताउँदै प्रचण्डले चुनावपछि छलफल हुने धारणा राख्नुभयो । अहिले तत्काल एउटा अपिलमार्फत एउटै भाषा सार्वजानिक गरिनेछ, बाँकी विवाद चुनावपछि समाधानमा जानेछ ।

पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड विराटनगर आउनु भएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका केही नेता कार्यकर्ता एमसीसीको विरोध गर्दै एमालेमा प्रवेश गरेकोप्रति आश्चर्य प्रकट गर्नु भएको छ । एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्नु अनौठो र लाजमर्दो कुरा भएको बताउँदै उहाँले पार्टी छाड्ने नै भए विप्लवदेखि विजुक्छेसम्मको पार्टी रोज्नु पर्ने बताउनुभयो ।

‘अचम्म के लाग्छ भने एमसीसीको विरोध गरेर एमालेमा प्रवेश गर्ने चाहिँ अनौठो र लाजमर्दो कुरा हो । बरू विजुक्छेकामा जानु नि, किरणजीकोमा जानु, विप्लवकोमा जानु त्यहाँ गएको भए त विरोध गरेको पनि सुहाउँथ्यो नि,’प्रचण्डले भन्नुभयो ।
अर्को प्रसंगमा प्रचण्डले गठबन्धन दलहरुबीच केन्द्रमा बनाएजस्तो प्रदेश, जिल्ला र स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भइसकेको बताउनुभयो । प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि संयन्त्र बनाउने निर्णय भएको छ । हामी बनाउने प्रक्रियामा छौं,’प्रचण्डले भन्नुभयो गठबन्धनबीच प्रगतिशील मोर्चा बनाएर निर्वाचनमा जाने नै भन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्