विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका वडा ९ सिन्धुपाल्चोकका ३८ बर्षीय संदिप खडका, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ बर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका-५ रामेछापका ३४ बर्षीय कृष्ण बहादुर मगर रहेका छन । आइतबार राती करिब १० बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोवायल गस्ती टोलीले शंकालागि चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैया रु.१ लाख ५ हजार बरामद गरेको हो ।
पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।