हिसान प्रदेश १ को अध्यक्षमा ज्ञानबहादुर खड्का निर्वाचित

<span class='c1'>हिसान प्रदेश १ को</span> <span class='c2'>अध्यक्षमा ज्ञानबहादुर खड्का निर्वाचित</span>

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपाल प्रदेश नं. १ को अध्यक्ष ज्ञानबहादुर खड्का निर्वाचित भएका छन् ।

सुनसरी इटहरीमा सोमबार भएको हिसानको प्रथम भेलाबाट खड्का सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

अध्यक्षमा निर्वाचित भएका खड्का विराटनगरस्थित शिक्षादीप कलेजका प्रिन्सिपल हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी उच्च माध्यमिक विद्यालयहरूको हकहितमा लागि पर्ने बताए ।

हिसानको वरिष्ठ उपाध्यक्ष इटहरीका गणेश दुलास, उपाध्यक्षमा दमकका गुणराज अधिकारी, सचिब विराटनगरस्थित अर्डिक उच्च माविका प्रिन्सिपल दिपेश बास्तोला, सह–सचिबमा विराटनगरका उद्धव भट्टराई र कोषाध्यक्षमा सुनसरी भुपेन्द्र न्यौपाने रहेका छन् । सदस्यहरूमा विराटनगरका निलम अधिकारी, झापाका राधेश्याम ढाकाल, दुर्गा गौतम, सनुसरीका रामकुमार कालाखेती र झापाका युवराज दाहाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्