विराटनगर । धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाट स्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छन ।
मृत फेला परेकि महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकि छन । लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रम देखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मंगलबार बिहान करिब ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो । मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।