विराटनगर । सुनसरीको नगरपालिका वडा ५ सिमरवन स्थित जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बराहक्षेत्र वडा ५ बस्ने ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र वडा ३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन । मंगलबार दिउँसो करिब ३ बजे विशेष सुचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसी रहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो ।
भरुवा बन्दुक सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।