अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा ५ स्थित रामजानकी सामुदायिक वनको घिमिरे डाँडा भन्ने स्थानबाट करिब १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय कुशल गिरी समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

सिरहा, लहान नगरपालिका वडा २४ बस्ने ३४ वर्षीय प्रकाश दासलाई करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा र नियन्त्रित लागूऔषध डाईलेक्स डिसि १ सय एमएलको १ सय २० बोतल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लहान र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले दासको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्