विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ ।
यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ ।
विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो। हप्तादिनसम्म संचालन हुने प्रतियोगितामा पुर्वका विभिन्न जिल्लाका टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा गोधुली क्लब धरान, उर्लाबारी ११ मोरङ, गाइघाट ११ उदयपुर, साईनो स्पोर्टस क्बल विराटनगर, एन्फा एकेडेमी धरान, दमक एकेडेमी झापा, एसपीएफ पकली र गोल बजार प्रतिभा फुटबल क्लब सिराहको सहभागी रहने प्रतियोगीताका संयोजक किशोर सुब्बाले जानकारी दिए । पहिलो दिन उदघाटन खेत चैत ११ गते गोधुली क्लब धरान सुनसरी र उर्लाबारी एघार मोरङ बिच प्रतिस्पर्धा हुने शाहीले जानकारी दिए ।
प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक पुरस्कार राशी आयोजकले बढाएको छ । बिजेताले नगद २ लाख १ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उप बिजेताले नगद १ लाख १ हजार रुपैयाँ रहेको छ । यसअघि प्रथम संस्करणमा बिजेताले १ लाख ५० हजार र उपबिजेताले ७५ हजार रुपैयाँ प्राप्त गरेका थिए । पहिलो संस्करणको मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको कोषाध्यक्ष बिष्णु डंगोलले जानकारी दिए । प्रथम मिल्स गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ)ले जितेको थियो ।
यस पटक प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले २५ हजार, म्यान अफ द म्याच हुने खेलाडीलाई ५ हजार रूपैयाँ रहेको छ । यस्तै उत्कृष्ट हुने खेलाडीलाई १५ हजार, नव उदयमान एक जना खेलाडीलाई २० हजार रहेको छ । प्रशिक्षक, गोल किपर, डिफेन्स, मिड फिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही ७ हजार रुपैयाँ रहेको छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख ३ हजार रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।