पोखरीमा पौडी खेल्नेक्रमा डुबेर एक युवकको मृत्यु

<span class='c1'>पोखरीमा पौडी खेल्नेक्रमा डुबेर</span> <span class='c2'>एक युवकको मृत्यु</span>

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा एक युवकको डुवेर मृत्यु भएको छ ।

मृत्युहुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ बस्ने १८ वर्षीय सुमन ठाकुर छन् । सो पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ ।स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै उद्धार गरे थिए । उचारका क्रममा लैजादै गर्दा ठाकुरको मृत्यु भएको जनाइएको छ ।

यसैबीच महोत्तरी गाउँपालिका–५ गौरीगामा गाउँमा पोखरीमा डुबेर बेहोस भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय राकेश पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

होली खेलेर शनिवार साँझ गाउँमै रहेको पोखरीमा नुहाउन गएका युवक राकेश पौडी खेल्ने क्रममा पोखरीमै बेहोस भएपछि स्थानीयवासीले उद्धार गरेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको थिए ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्