कास्की । पोखरा महानगरपालिका-३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद रु.२२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो: साङ्केतिक