धनुषामा पोखरीमा डुबेर एक बालक र करेन्ट लागेर एक युवकको मृत्यु

<span class='c1'>धनुषामा पोखरीमा डुबेर एक बालक र</span> <span class='c2'>करेन्ट लागेर एक युवकको मृत्यु</span>

धनुषा । धनुषामा पोखरीमा डुबेर एक बालकको र करेन्ट लागेर एक युवकको गरी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार जनकपुरधाम उपमहानगरपालिका–११ लक्षमण अखडा बस्ने लक्ष्मण दासका १२ वर्षीय छोरा कर्णकुमार दासको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

जानकी चोकस्थित अंगराज सर पोखरीमा डुबेको अवस्थामा भेटिएका बालक कर्णलाई स्थानीयले उद्धार गरी प्रादेशिक अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मुखियापटी मुसहरनिया गाउँपालिका–६ वैरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीय ललित यादव रहेको प्रहरीले जनाएको छ ।

भैँसीलाई नुहाउन मोटर खोल्दा करेन्ट प्रवाह भइ घाइते भएका उनलाई उपचारका लागि जानकी हेल्थकेयर जनकपुरधाममा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मृतक बालक र युवक दुबै जनाको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्