शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडपमा हुँदा एक प्रहरीको मृत्यु

<span class='c1'>शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा</span> <span class='c2'>झडपमा हुँदा एक प्रहरीको मृत्यु</span>

विराटनगर । शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा मोरङको लेटाङमा आइतबार भएको झडपमा एक प्रहरीको मृत्यु भएको छ ।

आक्रोशित स्थानीयको भीडबाट छुरा प्रहार हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो । छुरा प्रहार गरिएकी उर्मिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले आवर विराटनगरलाई बताए । उनले भने, ‘उहाँको घाँटीमै छुरा प्रहार भएपछि गम्भीर हुनुभएको थियो । अस्पताल लैजाँदै गर्दा उहाँको मृत्यु भएको हो । यसबारे हामी अनुसन्धान गर्दैछौं । मृतकको शव अहिले काेशी अस्पतालमा राखिएको छ ।'

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १४ वर्षीया छात्रालाई शनिबार यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएसँगै दिउसो १ बजेतिर आक्रोशित गाँउलेले विद्यालय घेराउ गरेका थिए । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका अनुसार घटनापछि शिक्षक विद्यालयमै रहेको सूचनापछि आक्रोशित स्थानीयले विद्यालय घेराउ गरेका हुन् ।

उग्र भएको भीड नियन्त्रणका लागि मोरङ प्रहरीले सानो संख्यामा प्रहरी परिचालन गरेको थियो । तर, आक्रोशित भीडले आरोपी शिक्षकलाई विद्यालय बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको स्थानीयले बताएका छन । उनीहरुका अनुसार विद्यालय तनावग्रस्त बनेपछि विराटनगरबाट प्रहरीको थप टोली सुरक्षाका लागि त्यहाँ पुगेको थियो । स्थानीय जनप्रतिनिधि पनि विद्यालय प्रवेश गरेको समयमा आक्रोशित भीडले विद्यालयमा आगजनी गरेको हो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरीले बेलुका निकाल्ने क्रममा आक्रोशित भीडले फेरि आक्रमण गरेको थियो । सो क्रममा मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जीसी सहित केही प्रहरी र केहि प्रदर्शनकारी समेत घाइते भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रहरी स्रोतका अनुसार चैत ४ अर्थात् तराईको होलीका दिन ती शिक्षक छात्राको घरमा पुगेका थिए । घरमा पुग्ने बित्तिकै उनले विद्यार्थीसँग पानी मागेका थिए । पानी ल्याएर दिने क्रममा ती शिक्षकले आफुसँग दुर्व्यवहार गरेको छात्राले बताएकी छन् । ‘गएको तिहारदेखि उहाँ पटकपटक हाम्रो घरमा आउने, म सँग पानी माग्ने र दुर्व्यवहार गर्ने गर्नुहुन्थ्यो,’ छात्राको भनाइ उदृत गर्दै लेटाङ ५ का वडाध्यक्ष भिम सुर्य मगरले भने ‘ती नानीले यसो भनेपछि हामीले प्रहरी बोलाएका हौं । प्रहरीले लगेर छानबिन गरोस् भन्ने थियो । तर, स्थानीयबासी र विद्यार्थीले प्रहरीले आरोपित बचाउन लगेको भन्ने सोच्नुभयो ।’

प्रदर्शनकारीहरुले प्रदर्शनका क्रममा आरोपित शिक्षकको मोटरसाईकल समेत जलाई दिएका छन् । आरोपी भने प्रहरी नियन्त्रणमा रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्