मोरङको लेटाङमा कर्फ्यु

<span class='c1'>मोरङको लेटाङमा</span> <span class='c2'>कर्फ्यु</span>

विराटनगर । मोरङको लेटाङमा आज विहान ७ बजेदेखि कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको हो ।

आइतबार स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।
यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आइतबार स्थानीयले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यस क्रममा १९ जना प्रहरी घाइते भएका छन् । केहि स्थानीय समेत घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्