लेटाङको घटनामा संलग्न ६ जना प्रहरी नियन्त्रणमा, पहिचान गोप्य राखेर अनुसन्धान हुँदै

<span class='c1'>लेटाङको घटनामा संलग्न ६ जना प्रहरी</span> <span class='c2'>नियन्त्रणमा, पहिचान गोप्य राखेर अनुसन्धान हुँदै</span>

विराटनगर । एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गरि मोरङको लेटाङमा आईतबार भएको घटनामा संलग्नमध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनामा प्रत्यक्ष संलग्नता रहेको आशङ्काको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकाहरुको पहिचान गोप्य राखेको छ । घटना सम्बन्धी सुक्ष्म अनुसन्धानका लागि उनीहरुलाई नियन्त्रणमा लिईएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आवर विराटनगरलाई बताए । उनले शंकास्पद देखिएका ६ जनालाई मात्र नियन्त्रणमा लिईएको जानकारी दिए ।

मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले आफ्नै विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गयराती स्थानीय र प्रहरीबिच दोहोरो झडप भएको थियो । विद्यालयका शिक्षकले १२ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको बिषयप्रति आक्रोशित स्थानीयले आक्रमण गर्न खोज्दा अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीसँग झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीको अन्धाधुन्द आक्रमणका कारण गयराती प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान समेत गएको थियो ।

स्थानीय आन्दोलनकारीको आक्रमणपछि भएको झडपमा २८ जना प्रहरी र ७ जना प्रदर्शनकारीहरु घाइते भएको मोरङ प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अवस्था पुनः पनि असामान्य बन्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै लेटाङमा चार किल्ला सीमानाभित्र सोमबार बिहान ७ बजेदेखि अनिश्चितकालिन कफ्र्यु लगाईएको छ ।

घटनापछि उत्पन्न हुनसक्ने परिस्थितिलाई ध्यानमा राख्दै लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कफ्र्यु आदेश गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्