झापा । बैंकिङ कसूर मुद्दा र बहुविवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बाह्रदशी गाउँपालिका-२ ठेगाना भएका ४२ वर्षीय नर प्रसाद पनेरू र बहुविवाह मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-५ बस्ने अर्जुनधारा नगरपालिका-३ घर भएका २९ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये नर प्रसाद पनेरूलाई उच्च अदालत पाटनको वि.सं.२०७७ माघ २० गतेको फैसलाले २ दिन कैद,रु.३ लाख ८७ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा १५ हजार ४ सय ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भएको तथा राजु श्रेष्ठलाई जिल्ला अदालत झापाको वि.सं.२०७५ कात्तिक २९ गतेको फैसलाले १ वर्ष २५ दिन कैद र रु.१५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।
उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जनाएको छ ।