अवैध लागूऔषध गाँजा सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध गाँजा</span> <span class='c2'>सहित पक्राउ</span>

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट ५ सय १ ग्राम ५६ मिलिग्राम अवैध लागूऔषध गाँजा सहित पर्सा पर्सागढी नगरपालिका-९ बस्ने २५ वर्षीय मनोज कुमारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-०१-००६ ख १५१७ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नाढुङ्गाबाट खटिएको प्रहरीले बसमा सवार उनलाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्