भारतबाट आएका साध्वीद्वयद्धारा शिक्षादिप कलेजका विद्याथीलाई योग प्रशिक्षण

<span class='c1'>भारतबाट आएका साध्वीद्वयद्धारा शिक्षादिप</span> <span class='c2'>कलेजका विद्याथीलाई योग प्रशिक्षण</span>

विराटनगर । भारतको हरिद्धारबाट आएका साध्वीद्वयद्धारा विराटनगरमा रहेको शिक्षादिप कलेजका विद्याथीलाई योगा प्रशिक्षण दिएको छ ।

शिक्षादिप कलेजले मंगलबार नयाँ भवनमा रहेको सभाहलको उद्घाटनसंगै विद्यार्थीहरुलाई एक दिने योगा प्रशिक्षण दिएको हो । ‘योग प्रशिक्षण तथा सभाहल’ को उद्घाटन हरिद्वारबाट आएका साधवी देवा दीपा र साधवी द्विविजया लगायत विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले गरेका थिए ।


मंगलबारबाट सञ्चालमा आएको सभाहलमा ३ सय ५० जनाको क्षमताको रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताउनुभयो । सभाहल अत्याधुनिक सुविधा सम्पन्न सहित एसि जडान रहेको छ ।


विद्यार्थीहरूको शैक्षिक, मानसिक, शारिरीक, आध्यात्मिक तथा समग्र व्यत्तित्व विकासका लागि योग प्रशिक्षणको आयोजना गरिएको प्रिन्सिपल खड्काले बताउनुभयो । पतंजली योग समिति मोरङको प्राविधिक सहयोगमा शिविर संचालन भएको थियो । विद्यार्थीहरूलाई साधवी देवा दीपा र साधवी द्विविजयाले योगको प्रशिक्षण दिएका थिए । कार्यक्रममा बोल्दै महानगरका प्रमुख तथा कलेजका अध्यक्ष भीम पराजुलीले असल र स्वास्थ्य ब्यक्ति बन्नका लागि योग अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, हिसान प्रदेश १ का सचिव दिपेश बास्तोला, हिसान मोरङका अध्यक्ष राजेश कार्की, हिसान मोरङका बरिष्ठ उपाध्यक्ष अमित ढकाल, पंतजली योग समिति मोरङका अध्यक्ष धुब्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्