बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

<span class='c1'>बैंकिङ कसुर मुद्दाका</span> <span class='c2'>फरार अभियुक्त पक्राउ</span>

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १ जना बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरीनगरा गाउँपालिका–१ का ३६ बर्षीय शम्सेर आलम रहेका छन् । आलमलाई सम्मानित उच्च अदालत मोरङको २०७५ फाल्गुन २७ गते भएको बैंकिङ कसुर मुद्दा अन्तर्गत फैसला अनुसार ३ महिना कैद र ७१ लाख ९० हजार रुपैंया जरीवाना तोके पछि फरार रहेका थिए ।

आलमलाई पक्राउ गरी हिजो सम्मानित अदालतमा उपस्थित गराउदा जरिवाना बापतको रकम व्यहोर्न नसकि सम्मानित अदालतको आदेश अनुसार थुनामा राख्न झुम्का कारागार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्