विराटनगरका उद्योगी गोयलद्वारा दश लाखको छात्रवृत्ति कोषको स्थापना

<span class='c1'>विराटनगरका उद्योगी गोयलद्वारा दश</span> <span class='c2'>लाखको छात्रवृत्ति कोषको स्थापना</span>

विराटनगर । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले विराटनगर–७ स्थित सत्यनारायण माध्यमिक विद्यालयमा दशलाखको नया“ छात्रवृत्तिको स्थापना गरेका छन् । मंगलबार विद्यालयमा आयोजित सुमनदेवी गोयल छात्रबृत्ति एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै गोयलले सो को घोषणा गरेका हुन् ।

यसअघि सोही विद्यालयमा उनी संरक्षीत सुमनदेवी गोयल छात्रबृत्तिमा चारलाख रुपैयाको अक्षयकोष रहेको थियो । स्वर्गीय सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषबाट २२ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरियो । कक्षा ९ देखि १२ सम्मका प्रथम, द्वितिय तथा तृतिय स्थान ल्याउने छात्र छत्रालाई संरक्षक दिनबन्धु गोयल दाता मनोज गोयलले विद्यार्थीहरुलाई छात्रबृत्ति रकम हस्तान्तरण गरेका थिए ।

त्यसैगरि विद्यालयको आन्तरिक स्रोतबाट १५ जना उत्कृष्ट विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । कक्षा ११ का व्यवस्थापन, कानुन, इलेक्ट्रिसियन र शिक्षा संकायमा प्रथम हुने विद्यार्थीहरुलाई ६ हजार रुपैया“देखि १७ हजार ५०० रुपैया“सम्म छात्रबृत्ति प्रदान गरिएको हो । विद्यालयका प्रधानाध्यापक धर्मानन्द खरेलले अध्ययनमा प्रोत्साहन गर्ने उदेश्यले छात्रबृत्ति प्रदान गरिएको बताए ।

कार्यक्रममा बोल्दै समाजसेबी एवं स्व. सुमनदेवी गोयल स्मृति छात्रबृत्ति कोषका संरक्षक गोयलले कक्षा ६ देखि ११ सम्मका ७ जना छात्राहरुका ११ हजारका दरले छात्रबृत्ति प्रदान गर्नकालगि १० लाख रुपैया“को नया“ छात्रबृत्ति कोषबाट स्थापना गर्ने घोषणा गरेको गोयलले बताए । उनले सोही विद्यालयमा अध्ययन गरेकी स्व.बुहारी सुमनदेवीको स्मृतिमा सो छात्रबृत्ति घोषणा गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्