मोरङको लेटाङमा बुधबारदेखि दिनको ६ घण्टा हिँडडुल गर्न पाउने गरि कर्फ्यु जारी राख्ने निर्णय

<span class='c1'>मोरङको लेटाङमा बुधबारदेखि दिनको ६ घण्टा हिँडडुल</span> <span class='c2'>गर्न पाउने गरि कर्फ्यु जारी राख्ने निर्णय</span>

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सीमानाभित्र जारी अनिश्चितकालीन कर्फ्यु केही परिवर्तन सहित जारी राख्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको बैठकको निर्णय बमोजिम मोरङ प्रशासनले दिनको ६ घण्टा निर्वाध आवागमन गर्न पाउने कर्फ्यु जारी राख्ने निर्णय गरेको हो । निश्चित समयसीमा तोकेर कफ्र्यु जारी राख्ने निर्णय गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनले भने, ‘स्थानीय प्रशासन ऐन् २०२८ को दफा ६ को क बमोजिम चैत्र ९ गते बुधबारदेखि अर्को आदेश नभएसम्म बिहान १० बजेदेखि दिनको ४ बजेसम्म र बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।’

मोरङ प्रशासनको नयाँ निर्णय अनुसार अब बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा सर्वसाधारणले निर्वाध आउजाउ गर्न पाउनेछन् । गएको आईतबार मोरङको लेटाङमा एक सामुदायिक विद्यालयका शिक्षकले १२ बर्षीया छात्रालाई दुर्व्यवहार गर्दा उत्पन्न परिस्थितिका कारण एसपी सहित २८ जना घाईते र १ जना प्रहरी जवानको ज्यान गएपछि सोमबारदेखि लागु हुने गरि मोरङ प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको थियो ।

सोही कर्फ्यु आदेशमा केही परिमार्जन गर्दै मोरङ प्रशासनले लेटाङको वडा नं. ३ र ४ को गंगोचोक तथा कमलपुर क्षेत्र, वडा नं. ५ को सम्पुर्ण क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पुर्वमा मोरङे खोला र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु जारी राख्ने निर्णय गरेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्