विराटनगरमा सिद्धार्थ बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन

<span class='c1'>विराटनगरमा सिद्धार्थ बैंक लिमिटेडको</span> <span class='c2'>नवनिर्मित भवनको उद्घाटन</span>

विराटनगर । विराटनगरस्थित सिद्धार्थ बैंक लिमिटेडको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

सो बैंकको विराटनगरको गोश्वारा रोडमा निर्माण गरिएको नयाँ भवनको आज एक कार्यक्रमकाबिच उदघाटन भएको हो । बैंकका संचालक समिति अध्यक्ष मनोज केडियाले रिबन काटदै उदघाटन गर्नुभएको हो । नवनिर्मित भवनबाट सो बैंकको प्रादेशिक कार्यालयका साथै नयाँ शाखा समेत संचालन हुने जनाइएको छ । सो अवसरमा बोल्नुहुँदै बैंकका सिईओ सुन्दरप्रसाद कंडेलले नयाँ भवनबाट शाखा संचालन गरेसंगै विराटनगरमा मात्र सिद्धार्थ बैंकको ३ वटा शाखा पुगेको बताउनुभयो । प्रदेश एकमा यो बैंकको ३० वटा शाखा मार्फत आफुहरुले बैंकिङ सेवा दिईरहेको उहाँले बताउनुभयो ।

प्रदेश एकमा बैंकले साढे ३ अर्ब निक्षेप संकलन गरेर साढे ८ अर्ब लगानी गरेको सिईओ कंडेलले जानकारी दिनुभयो । लगानी अनुसारको निक्षेप संकलन नभएपनि अन्यत्रबाट समेत संकलनगरि यसक्षेत्रको ब्यापारब्यवसायलाई चलायमान बनाउन बैंकले महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको उहाँको भनाई थियो । बैंकका अध्यक्ष केडियाले हाल सिद्धार्थ बैंकले ७० प्रतिसत कारोबार डिजिटल च्यानलबाट गरिरहेको बताउनुभयो । डिजिटल प्रबिधिलाई निरन्तर भरपर्दो र सुरक्षित बनाउन समेत बैंकले काम गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक विराटनगरकी प्रमुख मिना पाण्डे र सिएनआईका अध्यक्ष भिमप्रसाद घिमिरे र उद्योगि राजेन्द्र राउत लगायतले शुभकामना व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्