मोरङको लेटाङमा लगाईएको कर्फ्यु हटयो

<span class='c1'>मोरङको लेटाङमा लगाईएको</span> <span class='c2'>कर्फ्यु हटयो</span>

विराटनगर । मोरङको लेटाङमा लगाईएको कर्फ्यु आज बिहीबार बिहान ६ देखि हटाईएको छ ।

जनजीवनलाई सामान्य बनाउँदै लैजाने क्रममा बुधबारको एक निर्णय बमोजिम (आज) बिहिबारदेखि कर्फ्यु हटाईएको हो । बुधबार साँझ एक सूचना जारी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु हटाउने बारे जानकारी गराएका थिए । एकजना प्रहरी जवानको ज्यान जानेगरि मोरङको लेटाङमा भएको घटनाका कारण चारकिल्ला सिमानाभित्र सोमबारदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

लेटाङ-५ खेरुवास्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा आईतबार लेटाङमा प्रदर्शन भएको थियो । प्रदर्शन उग्र बनेपछि स्थानीय र प्रहरीबिच झडप समेत भएको थियो । झडपमा परी एक प्रहरी जवानको ज्यान गएको थियो भने २८ जना प्रहरीहरु घाईते समेत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्