झापा । विद्यार्थीहरुको नेतृत्व विकास, क्षमता अभिवृद्धि संगै उद्यमशीलतासंग जोड्न सहजता पुर्याउने उद्देश्यले झापाको बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एक दिवसीय तालिमको आयोजना गरिएको छ ।
स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा. लि.को संयुक्त आयोजनामा चैत २६ गते शनिवारका दिन तालिमको आयोजना गरिएको बिर्तामोडमा विहीवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो । एसइइ उत्तीणर् गरेका र स्नाकोत्तरसम्मको अध्ययन गर्दै गरेका विद्यार्थीलाई लक्षित गर्दै नेतृत्व विकास, क्षमता अभिवृद्धि र उद्यमशीलता सम्वन्धि तालिमको सहजीकरण सन्दिप क्षेत्रीले गर्ने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रि क्षेत्रमा ख्याति कमाएका क्षेत्रीले सहजीकरण गरेको तालिममा सहभागीले आफूमा भएको क्षमतालाई अभिवृद्धि गर्दै आगामी दिनमा आफ्नो जीवनलाई कुन दीशामा लाने र कसरी आफ्नो जीवनलाई अघि बढाउने भन्ने विषयको निक्र्यौल गर्न सहज हुने आयोजकले विश्वास लिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लिकाा अध्यक्ष सन्दिप राजवंशीले बताए । सबै मानिसमा क्षमता एकै प्रकारको हुँदैन । फरक - फरक क्षमताका मानिसको पहिचान गर्दै सबैलाई उद्यमशीलतासंग जोड्ने यो कार्यक्रमले सेतुको काम गर्ने छ अध्यक्ष राजवंशीले भने - यो विशेष तालिममा हामी झापा भरिका एक हजार विद्यार्थीलाई विशेष प्रशिक्षण प्रदान गर्छौं ।
तालिम बिर्तामोडस्थित सिटी सेन्टरको सभाहलमा विहान ११ वजेदेखि ४ बजेसम्मको हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि. विगत तीन वर्षदेखि झापा लगायत प्रदेश नम्वर १ मा विभिन्न खाले कार्यक्रमहरु जस्तै ब्युटीकन्टेस्ट, ट्रेनिङ, सेमिनार सञ्चालन गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा कार्यक्रमका विषयमा स्काई क्रिएटर्स इन्टरटेन्मेन प्रा. लि. की कार्यक्रम निर्देशक दिक्षा खाती, भिप्रा एड्भरटाइजिङ एण्ड मिडिया प्रा. लिका प्रवन्ध निर्देशक साइमनजंघ बस्नेत,भिप्राका प्रमुख अधिकृत भीमल राजवंशीले प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरुले निकट भविश्यमा कुनै व्यवसाय सञ्चालनको तयारी गरिरहेको र उनीहरुलाई व्यवसाय प्रवर्धनमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुराको समेत ज्ञान प्रदान गरिने पत्रकार सममेलनमा जानकारी गराइयो । त्यस्तै जसलाई दैनिक जीवनमा सेल्फ मोटिभेसनको आवश्यक छ उनले पनि तालिममा सहभागी भएर धेरै कुरा सिक्न सक्ने बताइएको छ । कार्यक्रम सम्पन्न गर्न आठ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कार्यक्रममा सहभागीता जनाउने मध्ये विद्यार्थी वर्गलाई पाँचसय रुपैयाँ र अन्यलाई एक हजार रुपैयाँ टिकटको व्यवस्था गरिएको बताइएको छ ।