मुख्यमन्त्री राई र स्वीस राजदूतबीच भेटवार्ता

<span class='c1'>मुख्यमन्त्री राई र</span> <span class='c2'>स्वीस राजदूतबीच भेटवार्ता</span>

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईसँग आज नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले द्विपक्षीय हितका बारे भेटवार्ता गर्नुभएको छ । राजदूत भोन क्याप्लरको मुख्यमन्त्री राईसँग यो दोस्रो भेट हो । यसअघि उहाँहरूबीच पुस १ गते भेटघाट भएको थियो ।

आजको भेटघाटमा राजदूत भोन क्याप्लरले पहिलेकै भेटघाटको निरन्तरताको रुपमा स्वीस सहायतामा सञ्चालनमा भएका परियोजनाका बारे थप छलफल र समीक्षा गर्न चाहेको उल्लेख गर्नुभयो । यही बीचमा प्रदेश नं. १ सरकारले स्वीस परियोजनाअन्तर्गत रहेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना स्वीकृत गरेकोमा राजदूत क्याप्लरले खुशी व्यक्त गर्नुभयो । विकास साझेदारहरूमध्ये आफूहरू सम्भवतः प्रदेश सरकारसँग धेरै प्रगाढ र नजिकको सम्बन्धमा रहेर साझेदारीमा काम गर्न पाएकोमा उहाँले थप प्रसन्नता व्यक्त गर्नुभयो । राजदुत क्याप्लरले प्रदेश नं. १ मा लगभग २ अर्ब बराबरको सहयोग कार्यक्रम सञ्चालन भएको बताउँदै गर्दै ती कार्यक्रमबारे प्रदेश सरकारको पृष्ठपोषणको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।

भेटघाटका अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वीस परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमको मसिनो ढंगले अध्ययन गरी नसके पनि यो परियोजना प्रदेश १ लागि एकमात्रै वैदेशिक सहयोगको कार्यक्रम भएको बताउनुभयो । उहाँले सहयोग र सहकार्य निरन्तर हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री राईले संघीय प्रणाली लागू भएपछिको पहिलो कार्यकालमा रहेको प्रदेश सरकारलाई अझ पनि अनुभवको कमी रहेको बताउनुभयो । उहाँले जनताको अपेक्षाअनुसार पर्याप्त बजेट अभाव अहिले चुनौतीको रुपमा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्