षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार बुढाथोकी र साहलाई प्रदान गरिने

<span class='c1'>षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार</span> <span class='c2'>बुढाथोकी र साहलाई प्रदान गरिने</span>

विराटनगर । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको षष्टिका वस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निणर्य गरिएको छ ।

पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ । सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो ।

त्यसैगरि षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार २०७८ कान्तिपुर दैनिकका मोरङ सम्वाददाता देवनारायण साहलाई प्रदान गर्ने निणर्य गरिएको छ । सो पुरस्कारको राशी १५ हजार १५ रहेको छ । सो पुरस्कारबाट यसअघि मोहन काजी, गणेश लम्साल र राजु श्रेष्ठ पुरस्कृत भईसक्नु भएको छ । कार्यसमितिको आज विराटनगरमा बसेको सातौं बैठकले दुवै पुरस्कारको निणर्य गरेको महासंघका अध्यक्ष संजीव खनालले बताउनुभयो ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आगामी चैत १६ गते विराटनगरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महासंघ मोरङका सचिव नेत्र पी अधिकारीले बताउनुभयो । स्थापना दिवसको अवसरमा मोरङ शाखाले निर्माण गरेको वेभसाईडको पनि सु्भारम्भ गरिने भएको छ । स्थापना दिवसको अवसरमा चैत १७ गते विराटनगरमा मोरङका सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्