विराटनगर । विराटनगर महानगरपालिका १५ की २५ बर्षिया फिजा फरिन साह र उनकी १ बर्षकी छोरी ईसिका साहलाई अपहण गरेको गाडी फेला परेपनि दुईजनाको स्थिति अझै अज्ञात छ ।
रानी चौकीको सहयोगमा गत बुधबार बेलुका नेपाल र भारतको सिमा नाका जोगवनीबाट भारतीय नम्बर वि.आर. ४२८७ को गाडी फेला परेको हो । फरिनसहित छोरीलाई माईती पक्षले २०७८ साउन २२ गते अपहरण शैलीमा जर्र्बरजस्ती लगेको श्रीमान् अमित कुमार साहको आरोप छ । श्रीमती र छोरीलाई माईती पक्षका आफन्तले विराटनगर १६ स्थित दक्षिण गेटमा भेट्न बोलाई अपहरण शैलीमा भारतीय नम्बरको गाडीमा लगेको साह बताउँन् ।
अमित र फरिनाको २०७१ साउन ८ गते अदालती विवाह भएको थियो । फरिनाको माईत भारत अररिया जिल्ला जोगवनी पंचायत वडा न १६ हो । अमित र फरिना भारतमा नै पढ्दा चिनजान भएपछि विवाह गरेका थिए । फरिनाका परिवारले भने अमितसँग विवाह गर्न मानेका थिएन् । फरिनका परिवारले अन्र्तरजातिय विवाह नस्वीकारेपछि भागेर विवाह गरेका थिए । अमितले भारतबाट नै भगाएर नेपालमा वैधानिक रुपमा अदालती कानुन अनुसार नै परिवारको सल्लाह बमोजिम विवाह गरेका थिए ।
अन्र्तरजातिय विवाह गरेको भन्दै अमित र फरिनालाई माईती पक्षले पटक पटक फोन गरेर मार्ने धम्की दिने गरेको अमितले आवर विराटनगरलाई बताए । फरिना र मेरो कलेज पढ्दा प्रेम बस्यो ,त्यसपछी हामी विवाह गर्ने निर्णयमा पुग्यौ, तर ससुराली पक्षले विवाह गर्ने अनुमती नदिएपछि हामीले भागी विवाह ग¥र्यौ । विवाह गरेको दिनदेखी नै हामीलाई बारम्बार फोन गरेर धम्की दिने गरेका थिए । विवाह गरेको केही बर्षपछि हाम्रो छोरी भईन् । तर गत साउन २२ गते श्रीमतीलाई माइतमा आमा बुबा साह्ै विरामी हुनुहुन्छ भनेर घर छेउमा बोलाएर गाडीमा हालेर लगेदेखी अहिले सम्म श्रीमती र छोरी सम्र्पक विहीन भएको साहले बताए । उत्त गाडी फरिनाको मामा पर्ने ललन खानले चलाएका थिए । गाडीमा गफ गरे जस्तो गरेर छोरी र श्रीमतीलाई गाडी भित्र नकाव लगाएका अन्य व्यक्तिहरुले जवरजस्ती लगेको साहले सुनाए । श्रीमती र छोरीलाई अपहरण शैलीमा लगेपछि तत्काल ससुराली पक्षमा समेत खबर गर्दा कुनै चासो नदिएको अमितले बताए । हाल ससुराली पक्षका कोही पनि नभएको उनले सुनाए ।
अमितले श्रीमती र छोरी अपहरण गरेको भन्दै ८ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा मुद्धा समेत हालेका छन् । उनले जिल्ला अररिया जोगवनी पंचायत बस्ने ४५ बर्षिय सुल्तान अहमत, ४३ बर्षिय ललन खान , ३९ बर्षिय नोसाद आलम, ३१ बर्षिय आमिर साहजवज , ३६ बर्षिय सहजात आलम, नुरी खातुन लगायत श्रीमती पक्षका हजुरबुबा तथा हजुराआमालाई समेत किटानी जाहेरी दिएका छन् ।
गत बुधबार भेटिएको गाडीका चालक फरिनाका मामा पर्दछन् । अमितले गाडी नम्बर भेटेपछि सिमा चौकीका प्रहरीलाई तत्काल खबर गरी सिमा नाकाबाटै उक्त गाडी नियन्त्रणमा लिन सफलभएको सिमा प्रहरी चौकीका ईन्चार्ज दिल्ली बहादुर देवकोटाले जानकारी दिए । गाडी नियन्त्रणमा लिईसकेको छ मातहतमा जानकारी गराएर सम्बन्धीत चालकको खोजतलास सुरु गरिसकेको समेत देवकोटाले बताए ।
ससुराली पक्षले अपहरण शैलीमा श्रीमती र छोरीलाई हाल सम्म सम्र्पक विहिन बनाएपछि साहले जिल्ला प्रशासन कार्यलय मोरङमा पनि जिउधनको सुरक्षा गरिपाउ भनेर निवेदन समेत दिएका छन् । नियन्त्रणमा लिएको गाडी हाल सिमा चौकीमा नै रहेको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङले पनि घटना बारे छानविन र खोजतालास भईरहेको जनाएको छ ।