जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

<span class='c1'>जुवातास खेलिरहेको अवस्थामा</span> <span class='c2'>५ जना पक्राउ</span>

काठमाडौं । महानगरपालिका-१६ कालधारास्थित काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१७ ढल्कु बस्ने काभ्रे तिमाल गाउँपालिका-४ घर भएका ५३ वर्षीय अर्जुन तामाङ समेत ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २७ हजार २ सय रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्