नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको मृत्यु

<span class='c1'>नहरमा नुहाउने क्रममा डुबेर १२</span> <span class='c2'>वर्षीय बालकको  मृत्यु</span>

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित निर्माणाधीन महाकाली तेस्रो चरणको नहरमा नुहाउने क्रममा डुबेर १२ वर्षीय बालकको शुक्रबार मृत्यु भएको छ ।

विद्यालयबाट फर्कने क्रममा नहरमा नुहाउँदै गर्दा शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाका रोहित धामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । उनका अनुसार नहरमा नुहाउनका लागि गएका बालक मृत अवस्थामा नहरको पानीमा उत्रिएको अवस्थामा फेला परेका छन् । बालकको शव नहरको पानीमा उत्रिएको अवस्था देखिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् ।

बालकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको छ । मृतक बालक धर्मजनता माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्दै आएका थिए । नहर खन्ने क्रममा आएको पानीका कारण ठूलो तलाउ बनेको छ । तलाउमा बालबालिकाले गर्मिका बेला नुहाउने गरेका छन् ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्