नेकपा एमालेबाट विराटनगरका दुई वडाअध्यक्षमा मारवाडी युवाको दावी

<span class='c1'>नेकपा एमालेबाट विराटनगरका दुई</span> <span class='c2'>वडाअध्यक्षमा मारवाडी युवाको दावी</span>

विराटनगर । आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीबाट विराटनगरका विभिन्न वडाको उमेदवार बन्न मारवाडी समुदायका युवाहरुले दावी सुरु गरेका छन् । पछिल्लो समय नेकपा एमालेसँग मारवाडी समुदायको निकटता बढ्दै गएपछि पार्टीको सक्रिय राजनीतिमा क्रियाशिल हुन मारवाडी समुदायका युवाहरुले उमेदवारीमा समेत दावी गरेका हुन् ।

विराटनगर महानगपालिका अन्तर्गत वडा नम्बर ७ मा गोपाल पोद्धार (अग्रवाल) र विराटनगर-९ मा श्रीप्रकाश तोतलाले वडा अध्यक्षको टिकटमा लबिङ सुरु गरेका हुन् । दुवैजनाले वडा अध्यक्षमा उमेदवार बन्न ईच्छा व्यक्त गर्दै अहिले पार्टी भित्र टिकट पाउनु पर्ने दावी प्रस्तुत गर्दै आएका हुन् । वडा अध्यक्षमा महिलाबाट दावी गर्नेको संख्या नगन्य मात्रै रहेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह नर्विाचनको मति िनजकिएसँगै स्थानीय तहका उमेद्वारको चर्चा र दाबी सुरु भएको छ । नेकपा एमालेबाट मात्रै वरिाटनगर महानगरपालकिा वडामा अध्यक्षको उमेदवार बन्द ५० जनाको हाराहारीले दावी प्रस्तुत गरेका हुन् ।

एमालेबाट विराटनगर १ मा काजी बस्नेत, दनिकर मण्डल र लोक बहादुर (काजी) बस्नेतले वडाध्यक्ष पदका लाग िदाबी छ । यसैगरी विराटनगर २ मा कुमार पोखरेल र वनिोद साहको दावी छ । पोखरेल बहालवाला वडाध्यक्ष हुन् ।
यसैगरी विराटनगर ३ मा बासु बस्नेत, लालमणी भट्टराई र इश्वर नरिौलाले वडाध्यक्ष पदका लाग िदाबी छ । वाड नं ४ मा जतिेन थापा र तुलसी घमिरिे, ५ मा मीन कुमार आचार्य, शवि थापा र सुनलि श्रेष्ठ, वडा नं ६ मा प्रतक्षिा बस्नेत, सन्तोष साह, दनिेश कामत, अनसि आलम, नारायण बराल र मदन कशिोर कामतको वडाको प्रमुख पदमा सम्भावना रहेको छ ।आचार्य पन िबहालवाला वडाध्यक्ष हुन् ।
यसैगरी ७ मा मनोज पौडेल र गोपाल पोद्धार (अग्रवाल), वडा नं ८ मा राम पोखरेल र राजन भण्डारी छन् । पोखरेल र भण्डारीले संयुक्त रुपमा चुनावी अभियान समेत सुरु गरिसकेका छन् ।

यसैगरी वडा नं ९ मा दलिीप तामाङ, श्रीप्रसाद तुप्ला, वडा नं ११ मा तर्थिेन्द्र न्यौपानेको सम्भावना रहेको छ । न्यौपाने वरिाटनगर महानगर पालकिाका बहालवाला वडाध्यक्ष हुन् । विराटनगर १२ बाट राधेश्याम कट्टेल, भोला बरालको सम्भावना रहेको छ भने वडा नं १३ बाट कशिोर पोखरेल, तीर्थ घमिरिे, दनिेश राईले वडाध्यक्षका लाग िदाबी गर्दै आएका छन् । वडा नं १४ मा सूर्यनारायण महतो, सुनतिा गरिी, वडा नं १५ मा उमेश गुरुङ, कुन्दन मण्डल र मनोज खडकाले दाबी गर्दै आएका छन् ।

वडा नं १६ मा कुमार महर्जन, धनकुमार लामा र प्रल्हाद बस्नेत, वडा नं १७ मा हमदि आजद, सकिन्दर आलम, वडा नं १८ मा जतिेन्द्र कामत, पर्शुराम ठाकुर र लीलानन्द मण्डल र वडा नं १९ मा श्याम घमिरिे र नन्दन सरदारले वडाध्यक्ष पदका लाग िदाबी गर्दै आएका छन् । अधकिांस वडाका दाबेदारहरुमा गत २०७४ सालको नर्विाचनमा टकिट पाएर पन िपराजति भएकाहरु रहेका छन् ।

नेकपा एमाले विराटनगर महानगर कमिटिका अध्यक्ष सागर थापाले दावी प्रस्तुत गर्नेहरुमध्येबाट वडा अध्यक्षको टुङ्गो लगाइने बताएका छन् । थापाका अनुसार विराटनगर-८ मा राम पोखरेल, विराटनगर-११ मा तिर्थेन्द्र न्यौपाने र विराटनगर-१९ मा श्याम घिमिरे वडा पार्टीबाट सर्वसम्मत सिफारिस हुनेमा पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्