पानीमा डुबी बालक र महिलाको मृत्यु

<span class='c1'>पानीमा डुबी बालक</span> <span class='c2'>र महिलाको मृत्यु</span>

विराटनगर । झापाको दमक नगरपालिका -२ सिपेनि सिमसार स्थित जमेको पानीमा पौडी खेल्ने क्रममा डुबी बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोहि स्थानका पुष्प कुमार राईको १४ बर्षीय छोरा मोहन राई रहेका छन् । शनिबार दिउँसो करिब २ बजे साथीकोमा जान्छु भनि घरबाट निस्केका राईको पौडी खोल्ने क्रममा पानीमा डुबि मृत्यु भएको भनि इलाका प्रहरी कार्यालय दमकमा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटि मृत अवस्थामा पानीबाट बाहिर निकाली घटना बारेमा थप अनुसन्धान भईरहेको छ ।

ओखलढुङगा खिजिदेम्बा गाँउपालिका-७ बस्ने ५८ बर्षीया गोमा माया परीयार चैत्र ६ गते घरबाट कोहि कसैलाई नसोधि हिडी हराई बेपत्ता भऐकिमा खोज तलासको क्रममा शनिबार बिहान ११ बजे खिजिदेम्बा-७ स्थित लिखु नदीमा डुवी मृत अवस्थमा फेला परेकि हुँदा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्