विराटनगर । झापाको हल्दिबारी गाउँपालिका-२ पशुपति चोक स्थितमा करेन्ट लागि एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहान करिब ७ बजे कन्चन निर्माण सेवाको बा.१ ज ७७४७ नम्वरको टिफरबाट गिट्टी अनलोड गर्ने क्रममा टिफरले विद्युतको तारमा छुँदा करेन्ट प्रवाह भई टिफर चालक हल्दिबारी-५ बस्ने ४८ बर्षीय बिक्रम तामाङ घाईते भएकोमा तत्काल उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा अस्पतालमा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।
घटना बारेमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।