जीवन विकासको तेस्रो साधारणसभा सम्पन्न

<span class='c1'>जीवन विकासको तेस्रो</span> <span class='c2'>साधारणसभा सम्पन्न</span>

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लि.को तेश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विक्रम राज सुबेदीको अध्यक्षतामा शुक्रबार साधारणसभा गरिएको हो ।

जीवन विकास समाजका संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक योगन्द्र मण्डलको प्रमुख आतिथ्यमामा साधारणसभा भएको थियो । कार्यक्रममा सामुदायिक महिला विकास केन्द्रका अध्यक्ष मिरा देव तथा अन्य विभिन्न संघ संस्था एवम् निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरु मध्येबाट २ जना सञ्चालक चयन हुनुपर्नेमा तीनजनाले उम्मेदवारी दिएका थिए । उक्त २ जना सञ्चालक छनौटका लागि भएको निर्वाचनमा जम्मा १ लाख २६ हजार २६ मत खसेकोमा १३९ मत बदर भएको थियो । गोकर्ण खतिवडाले ६७ हजार ४४७. मत, अशोक सिटौला ५३ हजार ९०३ मत प्राप्त गरेर सदस्य निर्वाचित भएका छन् । अर्का उमेदवार ज्ञान बहादुर पौडेल (ज्ञानेन्द्र) ४ हजार ५३७ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्