रंगेलीमा माओवादी छाडेका दिलिप बगडीया एमालेबाट मेयरका उम्मेद्‍वार

<span class='c1'>रंगेलीमा माओवादी छाडेका दिलिप</span> <span class='c2'>बगडीया एमालेबाट मेयरका उम्मेद्‍वार</span>

विराटनगर चैत्र २९ ,

गत महिना मात्रै नेकपा  माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई नेकपा एमालेले मेयरको उम्मेद्‍वार बनाउने भएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए ।

केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो । उनि रंगेलीमा लोकप्रिय मानिन्छन ।

मेयर बगडीया माआवादी केन्द्रबाट निर्वाचित दुई वडाध्यक्षसहित एमालेमा प्रवेश गरेका थिए । बगडीया व्यवसायीक पृष्ठभूमीबाट मेयर निर्वाचित बनेका थिए ।  उनले  नगरपालिकाबाट कुनै पनि सेवा सुविधा नलिने घोषणा पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्