अवैध लागुऔषध सहित पक्राउ तथा बरामद

<span class='c1'>अवैध लागुऔषध सहित</span> <span class='c2'>पक्राउ तथा बरामद</span>

सिरहा । गोलबजार नगरपालिका-६ दोहटिया बस्ने २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

रौतहट, फतुवा विजयपुर नगरपालिका-२ वरगेनिया टोलस्थित गोठबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल ५ हजार पीस बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ । उक्त गोठमा अवैध लागुऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियार र ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्