महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना

<span class='c1'>महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री</span> <span class='c2'>उमा रेग्मी अस्पताल भर्ना</span>

काठमाडौं । महिला,बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन् ।

टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो । मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो । टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्री निवास ललितपुरको पुल्चोकमा आराम गरेर बसेकी थिइन् । उनलाई टाउकोमा थप समस्या भएपछि उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको मन्त्री रेग्मीकी बहिनी छलीकुमारी शर्माले जानकारी दिइन् ।

वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ । जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्