सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राईको नाम सर्वसहमत सिफारिस भएको छ । एमालेको स्थानीय पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसहमत सिफारिस गरेको हो ।
विराटनगरमा रहेर पत्रकारिता गरेका राई पछिल्लो पाँचवर्षदेखि गृहजिल्ला स्थान्तरण भएर पार्टी राजनीतिमा सक्रिय रहँदै आएका थिए । एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।
महाकुलुङ गाउँपालिकामा सत्तारुढ गठबन्धनले भने उम्मेद्वार टुंग्याउन बाँकी छ । अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ । नेपाली कांग्रेसले पनि पालिका अध्यक्षको दावी छोडेको छैन । कांग्रेसमा भलाकाजी कुलुङ, पर्खिधन नाछिरिङ र सूर्य कुलुङको दावी छ ।