मोरङ कारागारबाट दुई महिला पक्राउ, प्याडभित्र लुकाएर ल्याएको ४८० थान ट्याब्लेट बरामद

<span class='c1'>मोरङ कारागारबाट दुई महिला पक्राउ, प्याडभित्र</span> <span class='c2'>लुकाएर ल्याएको ४८० थान ट्याब्लेट बरामद</span>

विराटनगर । मोरङको विराटनगरस्थित कारागारमा कैदीबन्दीलाई भेट्न आएका दुई महिलाबाट ४८० थान शंकास्पद लागुऔषध ट्याब्लेट बरामद भएको छ। बुधबार विराटनगर महानगरपालिका–८, हाटखोलास्थित कारागार कार्यालयको मुख्य प्रवेशद्वारमा नियमित जाँच गर्ने क्रममा उनीहरूबाट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–११ निवासी मेलिना तामाङ र पूर्णिमा तामाङले भित्री वस्त्रमा प्रयोग हुने प्याडभित्र लुकाएर ट्याब्लेट ल्याएका थिए। जाँचका क्रममा उनीहरूको साथबाट हरियो रङका २४० थान र सुन्तला रङका २४० थान गरी कुल ४८० थान ट्याब्लेट फेला परेको हो।

बरामद ट्याब्लेटसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि दिउँसो १२ः५० बजे कारागारमा खटिएको नेपाल प्रहरीको टोलीलाई बुझाइएको जनाइएको छ। बरामद ट्याब्लेट कुन प्रकारको लागुऔषध हो भन्नेबारे भने प्रहरीले विवरण खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्